७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

इन्जिनियर पदमा बढुवाका लागि आठ जनाको नाम सिफारिस



काठमाडौं : नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनङ्कित तृतीय श्रेणी इन्जिनियर पदमा बढुवाका लागि आठ जनाको नाम सिफारिस गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लोक सेवा आयोगको बढुवा सूचना १२२/०७७–०७८ अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा पूर्तिका लागि कर्मचारीको नाम सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेमा सुमनराज बस्नेत, सुभाष कुमार तिवारी, तुलाकान्त चौधरी, शिक्षा श्रेष्ठ, दमन्ता देवी भट्टराई, दिपेश मनकर्मी, हरि नारायण मण्डल र सूर्यनारायण मण्डल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !