१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सरकारले नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने



काठमाडौं : सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !