१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कहिले आउँदैछ सर्वाेतम सिमेन्टको आइपिओ ?



काठमाडौं : सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको सर्वोत्तम सिमेन्टले आवस्यक तयारी लगभग पूरा गरेको छ । कम्पनीले सेयरको प्राथमिक निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयरको बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हो । यस्तै, एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल यसको सहबिक्री प्रबन्धकमा नियुक्त भएका छन्।कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता साधारण सेयरमध्ये संस्थागत २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई गरि २८ लाख कित्ता छुट्याइएको छ ।

यो सेयर जारीपछि सर्वोत्तमको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । अहिले यसको पुँजी तीन अर्ब ४० करोड रुपैयाँ छ । सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर सेयर जारी गर्न लागेको हो । यस विधिबाट सेयर बिक्री का लागि कम्पनीले आन्तरिक मूल्यांकनबाट प्रतिकित्ता जारी मूल्य ७५० रुपैयाँभन्दा बढी हुने दाबी गरेको छ । यो नाफाको आधारमा विगत तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने आगामी तीन वर्षको प्रक्षेपण ४५ रुपैयाँभन्दा बढी हुने देखिएको कम्पनीको भनाइ छ । सर्वोत्तमको संचित कोष २ अर्ब ३१ करोडभन्दा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय