१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

पार्टी बैठक बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजेका नेपाल समूहको ठहर



काठमाडौं। नेकपा एमालेको खनाल–नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ । शुक्रबार बानेश्वरमा बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीको निवासमा हुने दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो । नेपाल–खनाल पक्षले बालुवाटारमा हुने कुनै बैठकमा सहभागी नहुने अडान लिदै आएको छ ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको खनाल–नेपाल पक्षको ठहर छ । बालुवाटारभन्दा अन्यत्रै बैठक बसे सहभागिताको बारेमा विचार गर्न सकिने निष्कर्ष खनाल–नेपाल पक्षको भनाइ छ ।खनाल–नेपाल पक्षले शनिबारै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णय गरेको छ । फागुन २८ गतेको एक पक्षीय निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने खनाल–नेपाल पक्षको अडान छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय