१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

तपाई भाईरल कल्पना बहिनी हो ? भन्दै होच्याएपछि दोहोरी च्याम्पियन पर्यो विवादमा



काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारित भईरहेको दोहोरी च्याम्पियन प्रतियोगिता पहिलो एपीसोडमै विवादमा परहेको छ । दोहोरी च्याम्पीयनका जज चन्द्र शर्मा र रमेश बिजीले लोक दोहोरीमा चर्चित गायिका कल्पना दाहाललाई होच्याउने गरी अस्वभाविक रुपमा प्रश्न गरेपछि जजहरुको चर्को आलोचना भईरहेको छ । जज चन्द्र शर्माले सोध्छन्, त्यो हामीले पहिला–पहिला अरु कुनै टीभीटीभीतिर देखेको कल्पना बैनी हो ? तपाईं अरु–अरु दोहोरी एकदुईचोटी कता–कता भाइरल साइरल भा’को बैनी हो ? त्यही कल्पना बैनी हो ? भनेर प्रश्न गरेपछि प्रतियोगितामा सहभागी भएकी कल्पना दाहालले हजुर, हो भन्दै जवाफ दिन्छिन् । लगत्तै रमेश बिजी उहाँ प्रदीप जीले चिनेजानेकोसित दोहोरी गाउँदैछु भन्ने जुन उठान छ, तपाईंले त्यहाँ गेटमा पुलिसले यस्तो गर्‍यो भनेर किन भनेको ? त्यो कुनै प्रसंगै होइन के त्यो ।

बुझ्नु भएन ? तपाईंले गीत त मिलाउनुभयो । अनि म पनि पसेँ ऊ गरेर । हामीले कहाँ दोहोरी गरिरहेका छौं । यो सबै डिटेल बताउनु पर्ने छैन नि दोहोरीमा । टेलिभिजनमा हेर्ने दर्शक तपाईं कहाँ दोहोरी गाउन आउँदै हुनुहुन्छ भनेर जवाफ दिन्छन् । फेरी कल्पना दाहालले जवाफ दिन्छिन्, प्रहरी दाइले नाम सोध्नु भएको थियो । नागरिकता देखाउनु पर्नेरहेछ, त्यहीअनुसार । रमेश बिजी त्यही त, तपाईंले जे भोग्नुभयो । पुतलीसडकमा ट्याक्सीले खुट्टा किच्यो यस्तो भन्दै आउनु पर्ने थिएन भन्दै होच्याउने गरी प्रस्तुत हुन्छन् ।

त्यसपछि जज सीता थापा दोहोरी भनेको खासगरी के भोगिरहेको छ, अहिले के चलिरहेको त्यसरी गाइन्छ त्यही भएर उहाँहरुले अहिले जे भोग्नु भयो त्यही गाउनु भयो भनेर शर्मा र बिसीलाई जवाफ दिन्छिन् । रमेश बिजी आफ्नो कमजोरी लुकाउन फेरी भन्छन्। तपाईंहरु जहाँ आउनुभयो, त्यहाँ हामी पनि आयौं । तपाईंहरुले भनेको कुरा हामीलाई थाहा हुनसक्छ । तर, आम मानिसमा जाँदा तपाईंहरुको यो कुन प्रसंग होला । कहाँ के भनेको होला भन्ने अन्योल हुन्छ । सीता थापा : होइन–होइन रमेश यो दोहोरी च्याम्पियनमा आउँदा उहाँले कति दुःख भोग्नुभयो । उहाँले गेटमा के पीडा भोग्नु भयो त्यो सुनाइरहनु भएको छ । रमेश बिजी : हो जति तपाईंले भोग्नु भएको छ । त्यो अहिले सुनाउन सक्नु हुन्न । त्यसैले तपाईंहरुलाई सच्चिन हो यो मेरो सुझाव । तपाईंहरुको जति प्रस्तुति छ त्यो सुन्दर छ भन्दै वितर्क गर्छन् ।

प्रतिस्पर्धी कल्पना र प्रदीप स्टेजबाट हट्छन् । बद्री पंगेनी र प्रिती आले देखिन्छन् । बद्री सोध्छन्, मैले निर्णायकको मत बाझिएको देखिरहेको छु । रमेश बिजी र सीता थापाको मत बाझिएको देखिरहेको छु । सीता थापाले अलिकति मुख बिगारेजस्तो फिल भइरहेको थियो । त्यस्तो केही छ ? चन्द्र शर्मा बचाउ गर्दै जवाफ दिन्छन्, जेनेरेसनले पनि फरक पार्छ । सीता दिदी र प्रजापति दाइको जेनेरेसन अलि पुरानो छ । हामी दुई (रमेश र चन्द्र) को जेनेरेशन अलि नयाँ–नयाँ छ । त्यसैले जेनेरेशनअनुसार पनि अलि–अलि तलमाथि भएको हो । त्यस्तो अफ्ठ्यारो मान्नु पर्दैन । केही दिन अगाडि नेपाल टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा निर्णायक चन्द्र शर्मा, रमेश बिजी र सीता थापा तथा प्रतियोगी कल्पना दाहालबीच भएको सवाल जवाफ र स्पष्टीकरण हो यो । जुन, अहिले सामाजिक सञ्जालमा निकै विवाद र बहसको विषय बनेको छ । एक घण्टा ६ मिनेट ३५ सेकेन्ड लामो कार्यक्रमका यी र यस्तै कमेन्ट हेरेर दर्शकको निर्णायकको चर्को विरोध गरिरहेका छन् ।

प्रतियोगीलाई होच्याएको, प्राइज मनीको परिमाण उल्लेख गर्दै लोभ्याएको, शब्द चयन र गायन क्षमता नभएको भन्दै ‘हियाउने’ कमेन्ट गरेको भन्दै निर्णायकको आलोचना भइरहेको छ । कल्पना दाहाल जस्तो अहिलेको लोकप्रिय दोहोरी गायिकालाई लोकदोहोरी गायकले ‘टीभीटीभीतिर देखेको कल्पना बैनी हो तपाईं रु अरु–अरु दोहोरी एकदुईचोटी कता–कता भाइरल साइरल भाको’ हो भनेर होच्याएको भन्दै स्रोता–दर्शकले निर्णायकको आलोचना गरिरहेका छन् । कल्पनालाई शो नै छोड्देऊ भन्ने उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !