१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

संसदमै मागियो प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् । बैठकमा बोल्दै कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिसकेपछि विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरे ।

यस्तै नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुषालले ओलीकै सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले बोलेको आधारमा र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको भ्रष्टचारको आरोपमा राजीनामा दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीमा त्यति पनि नैतिकता नदेखिएको टिप्पणी गरिन् । त्यस्तै भुसालले भारतले दिएको कोरोनाको खोप स्वीकार गरेको तर, चीनले उपहारमा दिएको खोप किन नल्याएको भन्दै सन्तुलित विदेश नीतिबारे प्रस्ट हुन पनि आग्रह गरिन् ।

बैठकमा जसपा सांसद राजकिशोर यादवले सिके राउत र विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने सरकारले रेशम चौधरीलाई किन रिहाइ गर्न नसकेको भन्दै प्रश्न गरे । उनले संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेर सरकारमा जान खोजेको भनेर गलत प्रचार गर्दै आफूहरूलाई बद्नाम नगर्न आग्रह गरे । सरकारको तर्फबाट बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको उपलव्धी भन्दै एक दर्जन कामको फेरिहस्त सुनाए । सरकारले ल्याएको अध्यादेश टेवल गर्न नदिनु दुःखद भएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय