१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव नेपाल



काठमाडौं : गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट केही दिन अघि मात्रै अवकाश पाएका नेपाललाई अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो । मुख्यमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य रहेको समितिले अध्यक्षसहित एक सदस्यसमेत सिफारिस गरेको छ । सदस्यमा तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसकी सहायक प्रमुख कल्पना लम्साल रहेकी छिन् । एक जनाको भने सिफारिस हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय