७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बीबीसीका पत्रकार आङ् थुरा सेनाको नियन्त्रणमा



काठमाडौं : म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार संकलन गर्ने क्रममा उनलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेको बीबीसीले जनाएको छ । आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ । देशका अन्य भागहरुमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । म्यानमारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन् । १६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय