१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

संसदीय दलको बैठकमा सहभागी हुन सुटुक्क बालुवाटार पुगे वामदेव गौतम



काठमाडौं । एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन् । गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिए । गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !