१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बाजुराका धर्मेन्द्रको भ्वाइस अफ द नेपालमा उत्कृष्ट इन्ट्री



काठमाडौं : बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । भ्वाइस अफ द नेपालको सिजन ३ का लागि छनोट भएका छन् । बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनि छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ द नेपालको टिम बाजुरामा पुुगेर ल्याएको थियो ।

शुुक्रवार साँझ मात्र हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुुति देखाएका थिए । उनको प्रस्तुुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा आएका छन् । धर्मेन्द्र बिगत १२ बर्ष देखि सांगितिक क्षेत्रमा रहेका छन् । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएको वताए ।


प्रतिक्रिया दिनुहोस !