११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

नेपाल राष्ट्र बैङ्कको लिखित परीक्षामा ५० जना पास : हेर्नुस्, नामावली



काठमाडौं : लोक सेवा आयोगले गत २०७६ माघमा लिइएको प्रशासन समूह सहायक द्वितीय पदका लागि लिएको नेपाल राष्ट्र बैङ्कको लिखित परीक्षा नतिजा प्रकाशित भएको छ । लोकसेवा शुक्रवार नतिजा प्रकाशित गरेको हो । लिखित परीक्षामा २ हजार ६ सय ६ जना सहभागी भएकोमा ५० जना अन्तर्वार्ता चरणको लागि छनौट भएका छन् । प्रशासन सहायक द्वितीय पदको लागि खुला १७, महिला ५, आदिवासी जनजाति ३, मधेसी ३, दलित २ र पिछडिएको क्षेत्र १ जना गरी ३१ जनाको माग भएको थियो । जसमध्ये खुला तर्फ २४ जना, महिलामा १६ जना, आदिवासी जनजातिमा ७ जना , मधेसीमा ६ जना दलितमा ४ जना र पिछडिएको क्षेत्रमा ४ जना उत्तीर्ण भएका छन् । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न भनिएको छ।


प्रतिक्रिया दिनुहोस !