१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय



काठमाडौं : नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ । ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् ।

अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए । यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ । बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक निर्णय लिने ज्ञवालीले बताए ।


प्रतिक्रिया दिनुहोस !