१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेतृत्वले अनेक समस्या र उतारचढाव झेलेर बनाएको एमाले सिध्याउने सुनियोजित यात्रामा ओली



काठमाडौं । नेकपा एमालेको आज बालुवाटारमा बसेको बैठकले नेपाल समूहका नेता माधब नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीले स्पष्टिकरण सोधेपछि नेता घनश्याम भुसालले आफूहरुलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । एक अनलाई मिडियासँग कुरा गर्दै नेता भुसालले पार्टी अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनको भविष्य सिध्याउने सुनियोजित यात्रामा अगाडि बढेको र अरु धेरै गर्ने तयारीमा रहेकोसमेत बताएका छन् ।

शनिबार बसेको बालुवाटार बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेपाल खनाल समूह संकटमा परेको छ । त्यस्तै एमाले उपमहासचिव समेत रहेका भुसालले ओलीले सकेको भए अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अब पनि सम्भव भए त्यो गर्नुहुन्छ ।’ अग्रज पुस्ता र वर्तमान नेतृत्वले अनेक समस्या र उतारचढाव झेलेर बनाएको एमाले सिध्याउने सुनियोजित यात्रा अन्तर्गत नै ओली स्पष्टीकरणसम्म आइपुगेको भुसाल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !