१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मिर्गौला फेल भएपछि कारबाहीबाट जोगिए नेता खनाल



काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो । स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शीर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् । आज एमालेको केन्द्रीय समिति वैठकले असन्तुष्ट समूहका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गर्यो । माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाालमाथि स्पष्टिकरण सोध्ने निर्णय हुँदा सो समुहका पहिलो वरियताका नेता खनाललाई भने जोगाइएको छ । जबकि खनाल पनि ओलीप्रति निकै आक्रामक देखिँदै आएका छन् । खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि कारवाही नगर्ने मुडमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पुगेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !