१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पोशाक नलगाउने कर्मचारीहरुको भत्ता रोकिने !



काठमाडौं : बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी पोशाक भत्ता लिएर पोशाक नलगाउनेहरुको पोशाक भत्ता रोक्नु पर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले पोशाकका लागि उपलव्ध हुने रकम पोशाक सिलाएको बिल पेश गरेपछि मात्र उपलव्ध गराउने व्यवस्था लागु गर्नुपर्ने उनले बताए । हरेक निजामती कर्मचारीले कपडा सिलाउने भत्ताबाट कपडा सिलाएको बिल पेश गरेपछि मात्र रकम पाउने नियम बन्दा कर्मचारीले नयाँ कपडा लगाउने भएका कारण त्यही अनुसार व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह समेत गरे ।

वाग्मती प्रदेशका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरको ११औँ वार्षिक साधारसभामा मुख्यमन्त्री पौडेलले पोशाक सिलाउने भत्ता लिएपछि अनिवार्य कपडा सिलाउनुपर्ने नियम नबन्दा सो व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको समेत रोजीरोटीमा असर पुगेको भनाइ राखे ।


प्रतिक्रिया दिनुहोस !