१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

इन्टरनेट सेवा प्रदायक संघ र महानगरले गर्यो तार व्यवस्थापनको शुरुवात



काठमाडौं : काठमाडौं महानगरपालिका र निजी क्षेत्रका ईन्टरनेट कम्पनीहरुको साझा संस्था इन्टरनेट सेवा प्रदायक संघले महानगरमा अस्तब्यस्त रुपमा छरिएका तारहरुको ब्यवस्थापन थालेको छ । महानगरमा हुने तालिका अनुरुप प्रत्येक हप्ताको तार व्यपस्थापन अन्तर्गत आज माइतीघर, सिंहदरबारको दक्षिण गेट हुँदै हनुमानथानसम्म असरल्ल परेका तारहरुको ब्यवस्थापन गरिएको छ । तार व्यपस्थापनमा इन्टरनेट सेवा प्रदायक संघमा आबद्ध कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले थालेको अभियानले समाजलाई साकारात्मक प्रेरणा मिल्ने भएकाले तार व्यवस्थापन कार्यको प्रशंसा हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !