१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

हामीले जनयुद्धमा आम्दानी र खर्चको हिसाबसमेत राखेनौ : राम कार्की



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राम कार्कीले आफुहरुले जनयुद्धको बेलामा आम्दानी र खर्चको हिसाब किताब समेत नराखेको बताएका छन् । राष्टिय जागरण मञ्च नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कम्युनिस्टहरु खुला र स्पष्ट हुनु पर्नेमा जडसुत्रवादी बनेको बताए । कार्यक्रममा बोल्दै काकीले भने, हामी ज्यादै जडशुत्रवादी बन्यौ । माक्र्सवादलाई विकास गर्न सकेनौ । पेरुमा माओवाद असफल भईसकेपछि नेपालमा जनयुद्ध थालेको बताए । त्यस्तै एक समय कलकत्ता र बनारस गएर हिन्दु धर्मका ग्रन्थ पढ्ने लहड चलेझै माक्र्सवाद पनि उषनिषद् बढे झै फैलिएको बताए । तर त्यसको विकास गर्न नसक्नुमा माक्र्सवादीहरुको कमजोरी रहेको बताए । त्यस्तै माक्सवादले मान्छेको सामाजिकीकरणलाई पनि बुझ्न नसकेको बताए । ५६ बर्षपछि मानिसको सामाजिकरण हुन्छ । हामी माक्र्सवादीहरु संस्कार पनि चलाउन सक्दैनौ । किनभने हामीमा आज पनि पितृ सत्ता हाबी छ । नक्कल गर्ने कुरा पनि छ । तपाईहरु सबै स्थायी समितिमा हुनुहुन्छ म केही पनि छैन । नेकपाको केन्द्रीय सदस्य मात्र छुँ । हामी माक्र्सवादीहरु मिलेर साझा धरोहर बचाउँ र हाम्रा सीमाहरुको पनि समीक्षा गरौँ ।

आज हामीसँग लेनिन छैनन् । हामीले माक्र्सवादमा विकास गर्ने प्रयास गरेका छैनौ । जनयुद्धमा कहिलै आम्दानीको हिसाब गरेनौ । खर्चको पनि हिसाब गरेनौ । नेकपाले दुई तिहाईले सबै परिवर्तन गर्न सकेन भन्ने आरोप छ तर संभव छैन । यो बहस १८ देखि २० बर्षका युवाहरुको बीचमा छोडौँ । यसरी छलफलमा जाऔँ । क्युवाको समाजवादी आन्दोलन रक्षात्मक छ तर सबै कमिटीमा संविधान संशोधन गरिन्छ । हामीले नक्कल गर्नु पर्छ भन्ने होईन तर कम्युनिस्टहरुले त्यस्तो बहस छलफल गर्नु पर्यो । जनवादी केन्द्रीयताको अभ्यास, लेनिनले बनाएको संगठनात्मक विधि आज काम लाग्दैन । अबका कयुनिस्टहरुले जबस मोर्चालाई स्वायत्वता दिनु पर्छ नेता कार्कीले भने ।


प्रतिक्रिया दिनुहोस !