spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

खोपले पनि रोकेन कोरोना, भारतका तीन सहरमा लकडाउन

spot_img
spot_img

एजेन्सी : कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ । बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ सुरु गरेको थियो । सोधपुछपछि अनुमति प्राप्तहरुलाई मात्र जान दिइएको थियो । विमानस्थल र रेलवे जानेहरुले दुई गुणा बढी भाडा तिर्नुपरेको थियो ।

इन्दौरको रियल चोकमा काम बिना सडकमा निस्कनेहरूलाई प्रहरीले पिटिरहेको तस्विरहरू सार्वजनिक भएका छन् । यता, भोपालमा शनिबार रातिदेखि नै लकडाउन सुरु भएको थियो । आइतबार त्यहाँ पनि अस्पताल र मेडिकलबाहेक सबै पसल बन्द रहेका थिए । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ । जबलपुरमा लकडाउनमा कडाइ गर्दै ३४ वटा चेकप्वाइन्ट स्थापना गरिएको छ । सडकमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: