१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कलंकीमा एक युवाको हत्या, एक जना पक्राउ



काठमाडौं । कलंकी थापा गाउँमा एक युवकको हत्या गरिएको छ । महानगरीय प्रहरी बृत्त कालीमाटीका डिएसपी अपिलराज बोहोराका अनुसार गएराति ढुङ्गा प्रहार गरी युवाको हत्या गरिएको हो । हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिएसपी बोहोराकाअनुसार सिन्धुली सुनकोशी घर बताउने २१ वर्षीय दिनेश थापालाई पक्राउ गरि थप अनुसन्धानका लागि कालिमाटी वृत्त पठाएको छ । ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !