१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल र खनाल समूहले बनायो युवा संघमा पनि समानान्तर कमिटी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउने कार्यलाई व्यापक रुपमा निरन्तरता दिएको छ । केही समयअघि गठन भएको अखिल नेपाल महिला संघको समानान्तर कमिटीपछि नेपाल खनाल समूहले युवा संघमा पनि समानान्तर कमिटी बनाएको छ । नेपाल–खनाल समूहले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएमलाई चयन गरेको छ । उता, ओली समूहले यसअघि नै समानान्तार कमिटी गठन गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !