८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीको भारत मोह : कोभ्याक्सिन ल्याउन निजी कम्पनीलाई समेत अनुमति, चिनियाँ खोपलाई प्रतिबन्ध



काठमाडौं : नेपाल सरकार मातहतमा रहेको औषधि विभागले भारतमा बनेको कोभ्याक्सिन ल्याउन निजी कम्पनीलाई समेत अनुमति दिईसकेको छ तर अनुदानमा दिने भनेका चिनियाँ खोप ल्याउन भने कुनै सुरसार गरेको छैन । तर भारतमा बनेको कोरोना खोप कोभ्याक्सिनलाई भने नेपाल ल्याउन एक निजी कम्पनीलाईसमेत अनुमति दिएको छ । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ ।

इमराल्ड फर्मामा सञ्चालक सुरेन्द्रन नायरले खोप खरिदका लागि प्रक्रिया सुरु गरेको बताए । उनका अनुसार खोप नेपाल ल्याउन २ साता लाग्न सक्छ । ‘हामीले कम्पनीसंग कुरा सुरु गरिसक्यौं, कम्पनीले दिन सक्ने डोज, मूल्य र खोप उपलब्ध गराउने मिति दिएपछि हामी मन्त्रालयमा निवेदन दिन्छौ’ नायरले भने । आफूहरुले ल्याएको खोप सरकारले खरिद गर्ने वा निजी क्षेत्रलाई नै प्रयोग गर्न दिने भन्ने विषय पनि निर्धारण गर्न बाँकी रहेको नायरले बताए । इमराल्ड फर्माको स्वामित्व विशाल पण्डितको नाममा रहेको छ । गत साता औषधि व्यवस्था विभागले खोप ल्याउन इच्छुक आयातकर्तालाई निवेदन दिन आग्रह गरेको थियो । खोप ल्याउन ईच्छुक आयातकर्ताले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको खोप, मूल्य, डोज र ल्याउन सक्ने मिति खुलाएर निवेदन पेश गर्नुपर्नेछ ।

नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भएको छ । भारतले अनुदानमा दिएको, नेपालले खरिद गरेको र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअनुसार पाएको गरी हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपाल भित्रिएको छ । नेपालले खरिद गरेको १० लाख डोज खोप भने नेपाल आउन बाँकी छ । हालसम्म १६ लाख ७३ हजार २ सय २७ नेपालीले सो खोपको पहिलो डोज लगाइसकेका छन् । नेपालमा चीनमा बनेको सिनोफार्म खोपले पनि आपतकालीन अनुमति पाएको छ तर हालसम्म नेपालमा चिनियाँ खोप आएको छैन ।


प्रतिक्रिया दिनुहोस !