१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रधानमन्त्री ओलीसँग विप्लवको आग्रह : जेलमा रहेका नेता/कार्यकर्तालाई छिटो रिहा गरिदिनुस्



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फागुन २१ गते भएको सम्झौताबारे छलफल गरेका छन् । । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई जनाको बीचमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका महासचिव विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न किन ढिला भएको भनेर प्रश्न गरेका छन् । विप्लव समूह र सरकारबीच गत फागुन २१ गते तीन बुँदे भएको सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भन्दै चाँडोभन्दा चाँडो आफ्ना नेता तथा कार्यकर्ता रिहाई माग गरेको स्रोतले बताएको छ । साथै, महासचिव विप्लवलाई प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिनुभएको बताइएको छ । दुई पक्षबी सहमती पत्रमा सम्झौता भएको एक महिना बित्न लागे पनि विप्लवका कार्यकर्ताहरु सम्झौताबमोजिम रिहाइ भएका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय