१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कार्यक्षमताको आधारमा ११ अधिकृतहरूलाई नवौँ तहमा बढुवाका लागि सिफारिस



काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह उपसमूहका ११ जना अधिकृतहरूलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको बैठकले रिक्त रहेका दरबन्दीमा कार्यक्षमताको मूल्याकनद्वारा हुने बढुवाका लागि ११ जना अधिकृतहरूलाई नवौँ तह बढुवाका लागि सिफारिस गरेको हो । कन्सल्टेन्ट युरो सर्जन,कन्सल्टेन्ट प्याथोलोजिस्ट,कन्सल्टेन्ट डेन्टल सर्जन,कन्सल्टेन्ट साइक्याट्रिष्ट, कन्सल्टेन्ट इ एनटी सर्जन ,कन्सल्टेन्ट इण्डोडोण्टिष्टलगायतका पदका लागि बढुवा सिफारिस गरिएको हो । जसअनुसार,चैत १ गतेको निर्णय अनुसार कन्सल्टेन्ट युरो सर्जन पदका लागि डा अनुप चापागाईँ, चैत ३ गतेको निर्णय अनुसार कन्सल्टेन्ट प्याथोलोजिस्ट पदका लागि डा अनुजा भन्डारी, कन्सल्टेन्ट डेन्टल सर्जन पदमा डा गणेश चौधरी र डा गौरव कर्णलाई बढुवा सिफारिस गर्ने निर्णय गरिएको छ ।

त्यसै गरी, साइक्याट्री उपसमूहतर्फ कन्सल्टेन्ट साइक्याट्रिष्ट पदका लागि चैत ४ गते भएको निर्णय अनुसार डा सिर्जना भुर्तेल, डा विनिता ढुङ्गेल रिमाल र डा. सुदिप अर्याललाई बढुवा गर्ने निर्णय गरिएको हो । अटोरिनोल्यारिलोजी समूहतर्फ कन्सल्टेन्ट इ एनटी सर्जन पदका लागि डा. ओम प्रकाश यादवलाई बढुवा गर्ने निर्णय गरिएको हो । त्यस्तै, चैत ५ गतेको निर्णय अनुसार डेन्टिष्ट्री इण्डोडोण्टिष्ट समूहतर्फ कन्सल्टेन्ट इण्डोडोण्टिष्ट पदका लागि डा. शिखा वान्तवालाई, आयुर्वेद समूहतर्फ कन्सल्टेन्ट भेषज विज्ञमा डा सन्तोष कुमार ठाकुरलाई बढुवा गर्ने निर्णय गरिएको छ । त्यसैगरी कन्सल्टेण्ट शालक्य चिकित्सकमा डा. श्याम कुमार शाहलाई बढुवा सिफारिस गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !