७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तीन दिने स्पष्टिकरणको जवाफ नै नदिने नेपालसहितका ४ नेताहरुको अडान



काठमाडौ : नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरणको नदिने बताएका छन् । अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् । अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन दिनभित्र जवाफ दिन भन्दै सोमबार प्रष्टीकरण सोधेको पत्र पठाएका छन् ।

तर नेपालसहितका नेताले प्रष्टीकरण नदिने प्रष्ट गरिसकेका छन् । साविक एमालेका उपाध्यक्ष रावलले आफूहरु कार्वाही भोग्न तयार रहेको तर स्पष्टीकरण नबुझाउने प्रतिक्रिया दिइसकेका छन् । नेपाल पक्षीय नेता योगेश भट्टराईले नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा रहेको प्रतिक्रिया दिएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !