८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार रकम भने औसत नै रह्यो । बजार खुलेसँगै २५ सय ६६ को हाराहारीमा पुगेको इन्डेक्स अन्त्यमा २४ अंकले घटेर २५ सय १४ मा पुगेर बन्द भएको थियो । सोमबार होटल तथा पर्यटन १ सय ५ अंकले र जलविद्युत १ सय २ अंकले उकालो लाग्दा अन्य सबै समुहमा गिरावट आयो । यसदिन सबैभन्दा बढी जीवनबीमा ३ सय १६ अंकले ओरालो लाग्दा निर्जीवन बीमा १ सय ८४ अंकले घट्यो ।

उत्पादन समुहमा १ सय २९ अंकको गिरावट आउदा लघुवित्त समुह ९३, अन्य ३०, बैंक २१, व्यापार समुहमा २१ अंकले ओरालो लागेका छन् । सोमबार १ सय ३८ कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ३३ कम्पनीको मात्र बढेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार अप्पर तामाकोशी र चन्द्रागिरी हिल्समा सर्किट ब्रेक लाग्दा प्रुडेन्सियल इन्स्युरेन्स र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् । सोमबार २ सय ११ कम्पनीको १ करोड बढी कित्ता शेयर ५ अर्ब ३५ करोड बढीमा कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !