spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

नेपाल र बंगलादेशको बीचमा पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा सम्झौता

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने बंगलादेश भ्रमणको क्रममा पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता भएको छ । यसअघि राष्ट्रपति भण्डारीले त्यहाँका समकक्षी मोहम्द अब्दुल हमिदसँग भेटावर्ता गरेकी थिइन् । भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको थियो । यस्तै राष्ट्रपति भण्डारीसँग त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले पनि शिष्टाचार भेट गर्नुभएको थियो । दुबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी थिए ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएकोछ । सोमबार नै यहाँका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका पुगेकी हुन् । नेपाल वायुसेवा निगमको विशेष विमानबाट ढाका पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

 

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: