१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रंगशालाका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस सुन्तलीले थाले मेची–महाकाली अभियान



काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान शुरु गरिने भएको छ । चितवनको भरतपुरमा धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्न थालेपछि चैत १० देखि अभियान शुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कञ्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) ले जानकारी दिए । उनका अनुसार महाकाली नदीको किनारबाट अभियान शुरु गर्न लागिएको हो । अभियान टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका र माला लगाएर बिदाइ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !