१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाललाई पोखरेलको प्रश्न : सरकार विरुद्ध संसद, सञ्चार माध्यम र सडकबाट विरोध किन गरेको ?



काठमाडौं : ओली पक्षीय नेताहरु मात्र उपस्थितिमा ७ चैतमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । महासचिव पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई लेखेको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो ? भनेर सोधेका छन् । प्रचण्डले ‘माधव नेपालहरु सके नेकपा एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति मौन समर्थन रहनुको रहस्य के हो भन्ने प्रश्न पनि गरिएको छ । महासचिव पोखरेलले माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला किन गरेको भनी प्रश्न गरेका छन् ।

त्यस्तै निर्वाचन आयोगमा पार्टी विधान र हित विपरीत पटक पटक किन गएको, पार्टीको नाम, चिह्न र झण्डा कुनै समूह वा गुटले मात्र प्रयोग गर्ने उद्देश्यले निवेदन लिएर किन निर्वाचन आयोगमा गएको भनेर पनि प्रश्न गरिएको छ । स्पष्टीकरण पत्रमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार विरुद्ध संसद, सञ्चार माध्यम, सडकबाट निरन्तर विरोध गर्ने, प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव तयार पार्ने र संसद सचिवालयमा दर्ता गर्ने काम किन गरेको भनी सोधिएको छ । त्यस्तै पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही गरिएको ? प्रचण्डले नेकपा रहदैको अवस्थामा १९ बुँदे ‘आरोपपत्र’ पेश गर्दा प्रचण्डको मतियार भई पार्टी हित विपरीत किन काम गरेको भनी प्रश्न गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय