१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सरकारले हटायो महँगा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध, केराउ, सुपारी, छोकडाको बन्देजपनि हट्यो



सरकारले महँगा सवारीसाधन आयात प्रतिबन्धलाई फुकुवा गरेको छ । यो सागै व्यवसायीले अब नेपालमा ५० लाख माथिका गाडी पनि भित्र्याउन पाउने भएका छन ।

सवारीसाधन सँगै सरकारले केराउ, सुपारी, छोकडा, अप्रशोधित मरीच समेत आयातमा बन्देज लगाएको थियो । कृषिजन्य वस्तु पनि सीमित परिमाणमा आयात गर्न पाउने गरी पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।

कोभिड–१९ को संक्रमण तीव्र भएपछि समग्र अर्थतन्त्रमा असर पुगेको थियो । अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न र डलर बिदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो ।

२०७६ चैत २४ मा सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । सरकारले लकडाउनलगत्तै मदिरा, मरीच, छोकडा, केराउ तथा ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी आयात प्रतिबन्ध गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख हुन थालेपछि महँगा सवारीको आयात प्रतिबन्ध फुकुवा गरिएको जनाइएको छ । सोमबार प्रकाशित सूचनाअनुसार अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारीसाधन पैठारीमा लगाइएको पूण बन्देज हटाइएको छ ।

अब आर्थिक वर्ष २०७७÷७८ मा उद्योगी व्यवसायीले केराउ ८० हजार टन आयात गर्न सक्छन्न । सुपारी आयातको पूर्ण बन्देज हटाएर २५ हजार मेट्रिक टन परिमाण तोकिएको छ । छोकडा भने ५ हजार टन आयात गर्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस !