७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ओलीले गुटका मान्छे बोलाएर पार्टी विभाजनको रेखा कोरे : भीम रावल



काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाएका केपी शर्मा ओलीले फेरि एमाले पनि फुटाउन लागिपरेको आरोप लगाएका छन् । मंगलबार माधव कुमार नेपाल समूहसम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् । त्यस्तै ओलीले पार्टीको विधान विपरीत गुटका मान्छे बोलाएर केन्द्रीय कमिटी विस्तार गरेको र बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरेको रावलको आरोप छ ।

त्यस्तै, उहाँले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको पनि बताए । साथै, स्पष्टीकरण आफूहरुले नभई पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने उहाँको जिकिर छ । उहाँले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो भनेर प्रश्नसमेत गरे ।

 


प्रतिक्रिया दिनुहोस !