१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बसको ठक्करबाट युवतीको मृत्यु, प्रहरी कार्यालयमा ढुङ्गामुडा



कैलाली । कैलालीको लम्कीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नं १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् । उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् ।

मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले तनाव बढेपछि बल प्रयोग गरेको जानकारी दिए । ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका वडा न। १ स्थायी ठेगाना भएका चालक ३१ वर्षीय पुष्प कडेँललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !