६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

बाईस वरिष्ठ अधिकृतसहित ३८ जना कर्मचारीको लागि विज्ञापन आह्वान



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा ३८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका वरिष्ठ अधिकृत स्तर र सहायक स्तरका पदहरूमा करार सेवाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । प्राविधिक सेवा एयर ट्राफिक सर्भिसेज सातौँ तहको वरिष्ठ अधिकृतका लागि २२ जना र ए.फा.स समूहतर्फ सहायक स्तरका १६ जनाको माग भएको छ । योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रशासन विभाग, बबरमहलमा दरखास्त दिन भनिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय