१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आज थप १८८ जनामा कोरोना संक्रमण



काठमाडौं : पछिल्लो २४ घण्टामा कोभिड–१९ का १८८ संक्रमित थपिएका छन् । चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा १८८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन् । हाल देशभर क्वारेन्टिनमा ५८ जना छन् भने आइसोलेसनमा एक हजार १२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !