७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भोलिदेखि लुकेर मात्र पठाओ सेवा संचालन गर्न पाईने



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार) देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो । पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ । ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित हुने गरको ट्राफिक प्रहरीले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !