४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

कांग्रेसलाई दुःख दिने प्रहरीको नाम, थर टिपेर पठाउनु, सरकारमा गएपछि तह लगाउछौँ : देउवा



काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिएकाले आफ्नाृ सरकार बनेपछि तह लगाउने बताएका छन् । मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गरे ।

देशभरका जनता कांग्रेस हुने क्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्ने बताए । अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने चेतावनी समेत दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नाम, थर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय