८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतबाट नयाँ भेरिएण्टको कोरोना भित्रिन नदिन नाकामा कडाई गरिने



काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिन नदिन सीमा नाकामा कडाई गरिने भएको छ । भारतसस्ँग नाका जोडिएका देशका विभिन्न जिल्लाहरुमा उच्च सतर्कता अपनाईने भएको छ । भारतबाट कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै आन्तरिक सुरक्षा व्यवस्थापन परीक्षण एवं क्वारेन्टाइन आइसोलेशन व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

विभिन्न जिल्लाहरुले आफ्नो सापेक्षतामा सीमा नाकाको सुरक्षा व्यवस्थापनको लागि नाकाबाट अनाधिकृत आवत जावत नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट आवश्यकीय सुरक्षाको प्रबन्ध मिलाउने, सीमा नाकामा संचालित हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मीद्वारा यात्रुहरुको तापक्रम मापन गर्ने, ज्वरो आएका यात्रुहरुको मलेरियाको ¥यापिड डाइग्नोस्टिक चेकजाँच गर्ने लगायतका निर्णयहरु गरिसकेका छन् ।

विभिन्न जिल्लाका प्रशासनहरुले सीमा नाकाबाट नेपाल भित्रिने यात्रुहरुको हकमा कोभिड–१९ को लक्षण देखिएको यात्रुलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाउने व्यवस्था गर्ने र अन्य यात्रुहरुलाई १० दिनसम्म होम क्वारेन्टाइनमा बस्ने बसाउने व्यवस्था मिलाउन थालेका छन् । साथै स्वास्थ्य मन्त्रालयले उक्त बैठकबाट कुनैपनि सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक एवं भीडभाड हुने कार्यहरु नगर्न सबैलाई अनुरोध समेत गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !