१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीले पायो ठेक्का,कहाँ कहाँ बनाउदै छ ?



१३ वटा कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएकोमा प्राविधिक र आर्थिक प्रस्तावको आधारमा चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीले ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए ।

यी चार्जिङ स्टेसन काठमाडौं उपत्यका र महेन्द्र राजमार्गमा राखिने उनले जानकारी दिए । ‘प्राधिकरणले उपयुक्त ठाउँ तोकेपछि यीमध्ये ३०-४० प्रतिशत उपत्यकाभित्र राख्छौँ र अरु महेन्द्र राजमार्गमा सडक किनारमा राख्ने तयारी छ,’ उनले  भने ।

करिब ३४ करोड लागतका यी ५० वटा चार्जिङ स्टेशन कम्पनीले एक वर्षभित्र राखिसक्नुपर्ने छ,’ उनले भने ।

ठेक्का साम्झौताका लागि कम्पनीलाई चिट्ठी लेखिसकेको र उसले बैंक ग्यारेन्टी ल्याएपछि सम्झौता हुने तिमल्सिनाले बताए ।


प्रतिक्रिया दिनुहोस !