८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

प्रतिव्यक्ति ७५ लिटरका हिसाबले चैत्र १५ गतेबाट मेलम्चीको पानी वितरण हुने



काठमाडौं : काठमाडौं उपत्यकामा चैत्र १५ गतेबाट मेलम्चीको पानी वितरण हुने भएको छ । हाल परीक्षण अवधिमा रहेको मेलम्ची आयोजनाको पानी चैत्र १५ बाट उपभोक्ताको धारामा वितरण गर्न लागिएको हो । तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने आयोजनाले जनाएको छ । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ बाट चरणबद्ध ढंगले पानी वितरण गरिने जानकारी दिए ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, १५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ । ओलीले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दैनिक प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरूले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय