१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि स्नातक तहको परीक्षा स्थगित



पोखरा : विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ । क्याम्पस प्रशासक खेम बहादुर पुलामीका अनुसार ७७ विद्यार्थी र २ जना शिक्षकलाई कोरोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो  । उनले भने, ‘स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पोस्टपेन्ट गरिएको छ, चौँथो वर्षको चाहिँ भोलिबाट सुरु हुँदै छ, प्रशासनहरु सबै खुलेकै छ ।’

शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि चैत २ गते १९ जनाको पिसिआर गर्दा ७ जनामा देखिएको पुलामीले जानकरी दिए । त्यस्तै ३ गते ११९ जनाको पिसिआर गर्दा ३२ जना, ७ गते गर्दा ६ सय १३ जनाको पिसिआर गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । त्यसपछि ५९ जनाको र ४० जनाको पिसिआर गर्दा १र१ जनामा कोरोना पोजेटिभ देखिएको पुलामीले जानकारी दिए । क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् ।


प्रतिक्रिया दिनुहोस !