७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अध्यक्ष ओलीलाई १३ प्रश्नसहित माधवकुमार नेपालको स्पष्टीकरण पत्र



काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ वटा प्रश्न गर्दै स्पष्टीकरण पत्र लेखेका छन् । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जबाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टीकरण पत्र लेख्नु परेको उल्लेख गरिएको छ । नेता नेपालले ओलीले एकताबद्ध एमाले बनाउने आम कार्यकर्ताको चाहना उपेक्षा गरेकोमा जवाफ पनि मागेका छन् । नेता नेपालले आफूलाई सोधेको १० बुँदे स्पष्टीकरणको १३ बुँदामा प्रतिस्पष्टीकरण सोधेका हुन् । साथै, नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गर्ने र फागुन २८ गतेको अवैधानिक रुपमा गरिएको निर्णय बदर गर्न प्रधानमन्त्रीले नमान्नुभएको पनि पत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !