११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कोभिड स्वास्थ्य सामाग्री खरिद ठेक्कामा अनियमितता गरेको ओम्नीलाई सेक्युरिटी प्रेस स्थापनाको जिम्मा



कोराना भाइरस संक्रमणको सामाग्री खरिदमा अनियमितता गरेको कम्पनीले सेक्युरिटी प्रेस स्थापनाको जिम्मा पाएको छ । पटक पटक विवाद अनियमिततामा मुछिदै आएको कम्पनीलाई सरकारले विभिन्न प्रोजेक्ट सुप्पिदै आएको छ ।

एक हजार सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गर्न विवादास्पद ढंगबाट ठेक्का पाएको म्याक्स इन्टरनेसनलले करिब ७४ करोड रुपैयाँ बराबरको सेक्युरिटी प्रेस स्थापना गर्न सरकारले ठेक्का दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले बिहीबार म्याक्स इन्टरनेसनल प्रालिलाई सेक्युरिटी प्रेस स्थापनाको ठेक्का दिने आशय सार्वजनिक गरेको छ ।

म्याक्ससहित ओम्नी इन्टरनेसनल र नेपा इन्टरनेसनलको संयुक्त उपक्रम (जेभी) ले दुई वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट ३ अर्ब ४७ करोड ६९ लाख बराबरको आईटी ल्याब ठेक्का पाएको थियो । मिलेमतोमा ठेक्का पारेको भनिएको उक्त परियोजना ६ महिनामा सक्ने भनिए पनि साढे दुई वर्षमा पूरा हुने क्रममा छ ।

सेक्युरिटी प्रेस स्थापनाका लागि भएको ठेक्कामा मूल्यका हिसाबले म्याक्स दोस्रो स्थानमा भए पनि प्राविधिक मूल्यांकनका आधारमा ठेक्का दिइएको हो । सबैभन्दा कम मूल्यमा प्रस्ताव गर्ने इलिमेक इन्टरनेसनलको सूचना प्रविधिसम्बन्धी अनुभव नभएकाले दोस्रो कम मूल्य प्रस्ताव गर्ने म्याक्सलाई ठेक्का दिइएको केन्द्रका प्रमुख कार्यकारी निर्देशक विकल पौडेको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !