१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सहसचिव डा. मुकुन्द पौड्याल सचिवमा बढुवा



काठमाडौं- सरकारले सहसचिव डाक्टर मुकुन्द पौड्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बरमा सिफारिस भएका सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । दुइ दिन अघि मात्र अवकास पाएका लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिले सचिव बढुवाका लागि सहसचिव पाैड्यालसँगै दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् ।

तेस्रो पटक बढुवा समितिले सिफारिस गरेपछि पौड्याल सचिवमा बढुवा भएका हुन् । सहसचिव पौड्याल अहिले राष्ट्रिय सूचना आयोगमा सचिवको जिम्मेवारीमा छन् । बढुवा भएसँगै अन्य सचिवको सरुवा हेरफेर नभए रिक्त रहेको गण्डकी प्रदेश प्रमुख सचिवमा नियुक्त हुनेछन् ।

यस अघि बढुवा भएर प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सुमन अर्याल र लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका भरतमणी सुवेदीको बढुवा सिफारिस हुदाँ पौड्याल नाम पनि सिफारिस भएको थियो । चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।


प्रतिक्रिया दिनुहोस !