१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेपालमै रासायनिक मल कारखाना खोल्छौ : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतबाट रासायनिक मल कारखाना खोल्ने बताएका छन् । पशुपन्छी विकास मन्त्रालयले बिहीबार ललितपुरमा गरेको पशुजन्य वस्तुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रममा ओलीले नेपालमै विद्युतबाट रासायनिक मल कारखाना खोल्ने गरि डेडिकेटेड प्रोजेक्ट नै बनाइने बताए । बढी भएको बिजुलीबाट महंगो लागतमै भएपनि मल कारखाना खोलेर विदेशबाट मल आयातक‍ो परनिर्भरता अन्त्य गर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदा किसानको आम्दानी र रोजगारी सिर्जना हुने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !