१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विश्वकप फुटबल छनौटमा इटाली र जर्मनीको विजयी सुरुवात



काठमाडौं : विश्वकप फुटबल छनौट खेलमा इटाली र जर्मनीले विजयी सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । यही समुहको अर्को खेलमा स्विटजरल्याण्डले बुल्गेरियालाई ३–१ ले हरायो । युरोपेली छनौट अन्तर्गत समुह जे को खेलमा जर्मनीले आईसल्याण्डमाथि ३–० को जित निकाल्दा रोमानियाले उत्तरी मेसेडोनियालाई ३–२ ले तथा अर्मेनियाले लिचेस्टाईनलाई १–० ले हरायो ।

गएराति इंग्ल्याण्डले सान मारिनोलाई ५–० ले हराएको छ । यही समुहका अन्य खेलहरुमा हंगेरी र पोल्याण्डले ३–३ गोलको बराबरी खेल्दा अल्बानियाले एन्डोरालाई १–० ले पराजित ग¥यो ।यसैगरी समुह बि को खेलमा स्पेनलाई ग्रिसले १–१ गोलको बराबरीमा रोक्दा स्विडेनले जर्जीयालाई १–० ले हराएको छ ।


प्रतिक्रिया दिनुहोस !