१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु



काठमाडौं : विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ । कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस !