१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २१ अधिकृतसहित १०४ कर्मचारी



काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा गरी १०४ कर्मचारी माग गरेको छ । विभागले अनुसन्धान अधिकृत पदका लागि २१,अनुसन्धान साहयक पदका लागि ३२ र साहयक सूचक पदका लागि ५१ जना गरी कुल १०४ जना कर्मचारी माग गरेको हो । विभागको गत चैत्र ८ गते बसेको छनौट समितिको बैठक अनुसार यी पदमा कर्मचारी माग भएको हो । जसअनुसार अनुसन्धान अधिकृतमा खुल्लातर्फ ११,आदिवासी जनजाती ४, मधेसी ३, महिला २ र दलित १ जनाका लागि कोटा छुट्टाइएको छ । त्यस्तै अनुसन्धान साहयकका लागि ३२ जनाका माग भएकोमा खुला १८,आदिबासी जनजाती ६,मधेसी ४,महिला २ र दलित २ जनाका लागि कोटा छुट्टाइएको छ ।

यस्तै साहयक सूचक ५१ जनाको माग भएकोमा खुलातर्फ २८,आदिबासी जनजाती ८, मधेशी ७, महिला४,दलित १ र पिछडिएको क्षेत्रबाट १ जनाका लागि आरक्षण छुट्टाइएको छ । अनुसन्धान अधिकृतका लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरह उत्र्तीण गरी जिपिए २ भन्दा बढी ग्रेड ल्याएको हुनुपर्नेछ, अनुसन्धान साहयकका लागि मान्इताप्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह उत्र्तीण भएको हुनुपर्ने छ भने साहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्र्तीण गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !