१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुलाई आगामी बर्ष शनिबार बाहेक ३२ दिन सार्वजनिक बिदा



काठमाडौं : नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई आगामी बर्ष अर्थात बिंस २०७८ मा ३२ सार्वजनिक बिदा दिने भएको छ । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार बैंकका कर्मचारीले आगामी बर्ष ३२ दिन घर बस्न पाउने भएका हुन् । सूचना अनुसार नयाँ वर्ष २०७८को वैशाखमा १ गते नवबर्ष, १८ गते मजदुर दिवस,जेठ १२ गते बुद्ध जयन्ती,जेठ १५ गते गणतन्त्र दिवस,भदौं ६ गते रक्षाबन्धन, भदौं ७ गते गाइजात्रा,असोज ३ गते सविधान दिवस,फुलपातिदेखि एकादशीसम्म ४ दिन,तिहार विदा ४ दिन,माघे संक्रान्ति,प्रजातन्त्र दिवस,महाशिवरात्री,घोडेजात्रा लगायतका पर्व गरी शनिवारबाहेक अरु ३२ दिन सार्वजनिक बिदा दिन लागिएको हो । सूची अनुसार बैंकका कर्मचारीहरुले वैशाखमा २ दिन, २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । यस्तै, पुषमा बिदा दिइएको छैन भने १ दिन, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !