१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

माधव र खनाल समूहका नेताहरु संसदीय दलको बैठकमा जाने, नेपाल र रावल भने नजाने



काठमाडौं : झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरु आज पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् । यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बालुवाटार नजाने भएका छन् । झलनाथ–माधव पक्षको बैठकमा सहभागी नेताका अनुसार आजको बैठकमा सहभागी भएर खनालले बोल्नका समय माग्ने, समय दिए आफ्ना कुरा राख्ने र त्यहाँ गएका सांसदहरु हस्ताक्षर गरेर फर्कने तयारी गरिएको छ ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।


प्रतिक्रिया दिनुहोस !