१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन



नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उनले भने ‘ तर असम्भव भयो ।’

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय