१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

४० ओटा बिजुली बस किन्न साझाले गर्यो टेन्डर



४० ओटा बिजुली बस खरिद गर्न साझा यातायातले टेन्डर आह्वान गरेको छ । शुक्रबार साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया टेन्डर आह्वान अघि बढाएको हो । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर ४८ वटासम्म बस ल्याउन सक्नेछ ।

साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दिक्षितका अनुसार सरकारले दिएको न्युनतम् मापदण्डको आधारमा रहेर भौतिक पूर्वाधार मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभागका प्रतिनिधि र विज्ञ सम्मिलित टोलीले स्पेसिफिकेसनलाई अन्तिम रुप दिएको थियो । साझाको सञ्चालक समितिले सो स्पेसिफिकसेन पास गरेपछि टेन्डर आह्वान भएको हो ।

सरकारले साझालाई फेरि विश्वास गरेर ३ अर्ब रकम फर्काएकाले विगतकै योजना अनुरुप स्वच्छ र पारदर्शी रुपमा विद्युतीय बस किन्न र सञ्चालन गर्न प्रक्रिया अघि बढेको दीक्षित बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय